आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बुधवारदेखि राजधानीमा शुरू हुँदैछ ।
बिहान ११ पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकको उद्घाटन गर्ने कार्यक्रम छ ।
बैठकमा अध्यक्ष दाहालले राजनीतिक र सांगठिनक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको छ । बैठकले सरकारको कामकारबाहीका बारेमा पनि समीक्षा गर्नेछ ।
बैठकमा ३८५ पूर्ण केन्द्रीय सदस्य, १९८ वैकल्पिक केन्द्रीय सदस्य, ३ आयोगका ७५ सदस्य र १० प्रदेशका पदाधिकारी १०० जना सहभागी हुनेछन् । माओवादीले केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण गर्ने तयारी समेत छ । बैठकको कार्यसूची लगायतलाई पूर्णता दिन बुधवार बिहान माओवादीको स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।