प्रतिनिधि सभाको बैठक बस्दैः उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद चल्न नदिने एमालेको अडान

संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो ११ बजेबाट बस्दैछ ।

प्रतिनिधि सभाको बैठक बस्दैः उच्चस्तरीय छानबिन समिति नबनाएसम्म संसद चल्न नदिने एमालेको अडान

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो ११ बजेबाट बस्दैछ । तर सुन तस्करी प्रकरणको निष्पक्ष अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति नबनाएसम्म प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिरोध गरिरहने अडान लिएको छ । एमालेले उच्चस्तरीय ानबिन समिति नबनाएसम्म संसद अवरुद्ध पार्ने बताइरहेको छ । सरकार उच्चस्तरीय छानबिन समिति नबनाउने र प्रमुख प्रतिपक्षी आफ्नो अडान नछोड्ने कारण सोमवारको बैठक पनि बस्न सकेन । सत्तापक्षकै सांसदहरुले समेत उच्चस्तरीय छानबिन समिति बनाइनुपर्ने माग गर्दै जाँदा सरकार भने उच्चस्तरीय छानबिन समिति बनाउने वा नबनाइ राज्य संयन्त्रबाट नै अनुसन्धान पूरा गर्ने ध्येयमा छ । 

खबरपाटी
खबरपाटी