दोसहितको पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

नारायणगढ-मुग्लिन सडकखण्डमा आज विहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।

दोसहितको पहिरो खस्दा  नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डमा आज विहान पहिरो खस्दा यातायात अवरुद्ध भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ९ बजे इच्छाकामना गाउँपालिका वडा नं ६ कालिखोलामा लेदोसहितको पहिरो खसेको हो । पहिरोका कारण सो सडक भएर गुड्ने सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन् । 

पानी परिरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन कठिन भएको उहाँले बताउनुभयो । पहिरोका कारण यस सडकखण्ड पटक(पटक अवरुद्ध हुँदै आएको छ । रासस

खबरपाटी
खबरपाटी