दिमागसम्बन्धी रोचक तथ्य थाहा पाइराख्नुस्

हाम्रो शरीरमा मस्तिष्क वा दिमाग एक जटिल रचना हो । यो शरीरको सबभन्दा महत्त्वपूर्ण अंग हो र यसलाई हेरविचार गर्नु अत्यन्त जरूरी हुन्छ । मस्तिष्कका बारेमा केही तथ्य जानिराखौं ।

मान्छेको दिमागको तौल एक किलो ५०० ग्रामसम्मको हुन्छ । दिमागमा ८२ प्रतिशत पानी हुन्छ भने १० प्रतिशत फ्याट र आठ प्रतिशत प्रोटीन हुन्छ । माथिबाट सबभन्दा ठोस लाग्ने मस्तिष्क शरीरको सबभन्दा धेरै बोसो भएको अंग हो ।

मस्तिष्क दुई भागमा बाँडिएको हुन्छ । देब्रे भागले शरीरको दाहिने भागलाई अनि दाहिने भागले शरीरको देब्रे भागलाई नियन्त्रण गर्छ ।

शरीरको हरेक अंगको सूचना दिमागकहाँ पुग्छ तर अंगको सूचना पुग्ने गति भिन्नाभिन्नै हुन्छ ।

दिमागलाई ६ मिनेटभन्दा बढी समयसम्म अक्सिजन प्राप्त भएन भने सधैंका लागि ड्यामेज हुन सक्छ ।

दिमागले शरीरको तापक्रम, रक्तचाप, मुटुको ढुकढुकी र सास नियन्त्रण गर्छ ।

दिमागले सोच्ने र बुझ्ने शक्ति दिनुका अलावा शरीरमा हुने सबै हलचललाई नियन्त्रित गर्छ ।

मानसिक तनाव र थकान, पाचनक्रियामा गडबडी, शारीरिक र मानसिक दुर्बलता वा दीर्घरोगका कारण दिमाग प्रभावित हुनसक्छ र स्मरणशक्ति गुम्न सक्छ ।

एजेन्सी

खबरपाटी
खबरपाटी