काठमाडौँ । नेपालभर साउने सोमबारको हरियालीले छाएको दिन सेयर बजार भने राताम्मे देखिएको छ । सोमबार सेयर बजार परिसूचक नेप्से २६ दशमलव ६६ अंकले घटेर २२०० दशमलव ५० अंकको विन्दुमा बजार बन्द भएको छ ।
दोहोरो अंकले घटेको बजारमा झन्डै ५ अर्ब बराबरको कारोबार भएको छ । कुल २६५ कम्पनीको ७४ हजार १६१ पटकको कारोबारमा २ करोड ९ लाख ७९ हजार ८८७ कित्ता सेयरको खरिदविक्रि हुँदा ४ अर्ब ७३ करोड ७६ लाख ८ हजार ८१० रुपैयाँ ४४पैसा बराबरको कारोबार भएको छ ।
सोमबार ग्लोबल आइएमईको सर्वाधिक ३ हजार ८६३ पटक कारोबार भएका छन् । कारोबार रकमका आधारमा नेपाल पुर्नबीमा कम्पनी लि को सर्वाधिक २५ करोड ५६ लाख ६९ हजार ८४१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
१ दशमलव १९ प्रतिशतले ओरालो लागेको बजारमा सबै परिसूचकहरु १ प्रतिशत भन्दा धेरैले नै ओरालो लागेका छन् । समूहगत परिसूचक मध्य १३ समूहको कारोबार भएकोमा २ उप समूहको परिसूचक बढ्दा ११ समूहको परिसूचक घटेको छ । अन्य समूहको परिसूचक २ दशमलव ८७ प्रतिशतले बढ्दा विकाश बैंक समूहको परिसूचक सर्वाधिक ३ दशमलव ५० अंकले ओरालो लागेको छ ।
सोमबारको बजार बन्दहुँदा नेप्सेको बजार पूँजीकरण ३२ खर्ब ३३ अर्ब ७० करोड ७३ लाख ९२ हजार २४६ रुपैयाँ ४ पैसा कायम भएको छ ।
सोमबार कारोबारमा आएका कम्पनीमध्य ५० कम्पनीको सेयर मूल्य बढ्दा १६३ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी ६ कम्पनीको सेयर भने स्थीर रहेको छ ।