साउन महिना शुरु भएसँगै हिन्दू नारीहरुले हरियो चुरा, हरियो कपडा लगाउने गरेका छन् । यसको धार्मिक महत्व पनि छ । श्रावणमा हरियो चुरा र कपडा लगाउनाले भाग्य प्रभावित हुने विश्वास गरिन्छ ।
किन लगाउँछन् हरियो?
ज्योतिष प्रविण मिश्रका अनुसार हरियो रंग सौभाग्यको रंग हो । श्रावण महिना हरियालीको महिना पनि हो र यो महिना प्रकृतिसँग आफूलाई जोड्ने महिना पनि हो । यसका कारण शिवलाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर पनि हो । जसका कारण यो महिनामा हरियो रंगका कपडा लगाएर प्रकृतिसँग नजिकिने गरिएको हो । जसका कारण प्रकृतिको साथ रहने र भाग्यमा पनि सकारात्मक प्रभाव पर्ने गर्छ ।
शास्त्रमा प्रकृतिलाई इश्वरको रुपमा लिइएको छ । जसका कारण प्रकृतिको पूजा गरिने गरेको छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पुजा अर्चना गर्नुपर्छ जसका कारण आफू र पतिको आयूसमेत बढ्छ ।
सम्पन्नता
हरियो रंग बुद्ध ग्रहको प्रतिक हो । बुद्ध ग्रह भविष्य तथा व्यापारसँग जोडिएको हुन्छ । यस्तोमा हरियो रंग लगाउँदा मन प्रसन्नता हुन्छ भने घरमा सम्पन्नता छाउँछ ।
शिव भगवान प्रसन्न
श्रावणमा हरियो पहिरदा शिव भगवान खुसी हुने धार्मिक विश्वास छ । भगवान शंकर प्रकृतिसँग विशेष रुपमा जोडिएका छन् । जब भक्तले स्वयंलाई प्रकृतिसँग नजिक ल्याउँछन् तब भगवान शिवले उनीहरुको मनोकामना पूरा गर्ने विश्वास गरिन्छ । श्रावणमा हरियो रंगको चुरा पहिरिने महिलासँग भगवान विष्णुसमेत प्रसन्न हुनेछन् ।
हरियो रंग प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक उर्जाको वृद्धिको प्रतिक हो । हरियो उपचारको रंग पनि हो जो मुटसँग जोडिएको हुन्छ । उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ । विवाहित जोडिको सुमधुर सम्बन्धमा पनि बेडरुमको दक्षिण पूर्वी हिस्सामा हरियो रंग लगाएको खण्डमा दाम्पत्य जीवन सुखी हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ ।