हेलिकप्टर दुर्घटना अपडेट : ५ जनाको मृत्यु, एक जना बेपत्ता, सनाखत भएका व्यक्तिहरु को को हुन् ?

आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो।

हेलिकप्टर दुर्घटना अपडेट : ५ जनाको मृत्यु, एक जना बेपत्ता, सनाखत भएका व्यक्तिहरु को को हुन् ?

काठमाडौँ । मनाङ एयरको एनए–एमभी हेलिकप्टर दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता छन् ।

घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।

कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार दुर्घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको छ।

आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो।

हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो।

हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली छन्। पाइलट टेकबहादुर गुरूङ रहेको प्रजिअ बसन्त भट्टराईले बताए। अन्य यात्रु भने मेक्सिकोका नागरिक रहेको बताइएको छ।
 अहिले केही स्थानीयलाई दुर्घटनाग्रस्त क्षेत्रमा पठाइँदैछ। हेलिकोप्टर क्षतविक्षत भएकाले यात्रुलाई जीवितै भेट्ने सम्भावना कम छ।

मनाङ एयरको हेलिकप्टर सीबी गुरुङले कमान्ड गरेका थिए।

जसमा मेक्सिकन नागरिकहरु ३ महिला र २ पुरुष रहेका छन्।

मनाङको यात्रु लिस्टअनुसार हेलिकोप्टरमा तिमा सिफुन्टेस जी फरनान्डो, गोनजालेक्स अब्रिक, गोन्जालेक्स ओकासिलियस, सिफुजेन्टस् जी मोक्स्रिटोस र रिनकोन इस्मेस रहेका छन्।

खबरपाटी
खबरपाटी