एन.आर.एन.ए भर्जिनियाका अध्यक्षका उम्मेद्वार बिजय बगाले आफ्नो फेसबुक वालमा लेख्छन्......

एन.आर.एन.ए भर्जिनियाका अध्यक्षका उम्मेद्वार बिजय बगाले आफ्नो फेसबुक वालमा लेख्छन्......

नमस्ते Virginia, म फेरी पनि आफ्ना भनाई र प्रतिवद्धता हरु सहित यहाँहरु माझ उपस्थित भएको छु । कुनै पनि समाज सेवा आफैमा चुनौति पूर्ण छ । यो सेवा भनेको कही गएर ८ घण्टा काम गरेर घरमा फर्किए जस्तो पनि हैन ।

त्यसैले, हामी हाम्रो ब्यक्तिगत जीवन भन्दा बाहिर निस्किएर, (समय मिलाएर) कसरी म धेरै भन्दा धेरै हाम्रो community पर्ति contribution गर्न सकिन्छ भन्नेमा जोड दिनेछु । हामी-सदैभ सबैसाथीहरु लगायत यो NRNA Virginia Chapter मा आ-आफ्नो पदमा उमेदवारी दिने समपूर्ण साथीहरु प्रति सम्मान ब्यक्त गर्न चाहन्छु ।

यसै बिचमामा केही पदमा एक-एक जना साथीहरुको मात्र उमेदवारी परेकाले सर्वसमंवत हुने साथीहरु लाई हार्दिक बधाई समेत भन्न चाहन्छु । अन्य केही पदहरुमा त्यस्तो अवस्था नरहेकाले प्रजातान्त्रिक अभ्यास बाट अगाडी बढ्ने सबै साथीहरु प्रति समंमान समेत ब्यक्त गर्न चाहन्छु । र, म यो पनि दोहोराउॅंन चाहन्छु कि, म सॅंग (हामीसॅंग) चुनाव लड्ने सबै साथीहरु हाम्रो Community कै हुनुहुन्छ ।

त्यसैले, हामी सबै मिलेर नै हाम्रो अभियान लाई सार्थर बनाउॅंन सकिन्छ । यसै सवालमा अन्य अभियान्ताहरु हाम्रो Virginia बाट केन्द्रमा (NCC) मा जाने सबै प्रति शुभकामना र सुभेक्षा समेत ब्यक्त गर्न चाहन्छु । NRNA Virginia Chapter 2023- 2025 लाई अगाडी बढाउॅंन का लागी मेरा प्रतिवद्धता र प्रयास । 1

- भर्जिनिया राज्य भित्र हरेका हरेक स्थानमा पुगी,संपर्क गरी नेपालाहरुको जनसंख्या निकाल्ने । (Data collection)

2- अहिले रहको NRNA Virginia राज्यको सदश्यता संख्या लाई अंकमा भन्ने भन्दा पनि बढी भन्दा-बढी बनाउॅंनमा जोड दिने ।

3- Virginia मा Youth related योजनाहरु जस्तै, Volleyball, Soccer, cricket, tennis जस्ता games हरु यहा रहेका बिभिन्न कलव हरुको समंन्वय र सहकार्यमा अगाडी बढाउॅंने ।

4- बिभिन्न बिषयका बिज्ञहरुको सहकार्यतामा युवा लक्षितित Training हरु संचालन गर्ने,यसमा केन्द्रको NRNA team लगायत सबै सॅंग समन्वय र सहकार्य गरी अगाडी बढ्ने ।

5- भर्खर नेपाल बाट आउॅंनुभएका हरुका लागी Driving license का लागी र शुरुवाती कामकाजका लागी सहयोग गर्ने,संभव भए सम्म एउटा local team नै बनाएर अगाडी बढ्ने ।

6- नेपाल बाट Visit Visa मा अमेरिका आउॅंनुभएका बुवा आमाहरु लाई basic healthcare समंवन्धि कमसेकम महिनाको एक पटक healthcare सिभिर संचालन गर्ने । (बिभिन्न संमवन्धि क्षेत्रमा काम गर्ने Organization, Doctor & nurse हरु को एउटा टिम निर्माण गर्ने )

7- नेपाल बाट अमेरिका भर्मणमा आउॅंने सरकारी पदका मानिसहरु,जुनकुनै पार्टीका दाग नलागेका नेता,बिश्लेषक पत्रकार एवं जो कसैसॅंग पनि भेटधाट,अन्तरकृया गर्ने चाहेको खण्डमा सहयोग र समंन्वय गर्ने ।

8- Virginia भित्र रहेका प्रत्येक नेपाली Community हरु लाई सहयोग र सहकार्य गर्ने, भर्जिनियाको सबै भन्दा ठुलो संस्था NACC (न्याक) लाई अगाडी बढाउॅंन हरतर्ह बाट लागी पर्ने, कमिकमजोरीहरु देखेमा सुधार्नका लागी समेत सहयोग गर्दै अगाडी बढ्ने । अन्य प्रत्येक संस्थाहरु सॅंग समन्वय गरेर अगाडी बढ्ने ।

9- समुदायमा प्रर्ने आएका जुनकुनै Emergency हरुमा तत्काल सहयोग जुटाउॅंन NRNA Virginia chapter मा जतिसकिन्छ Emergency fund निर्माण गर्ने । NRNA NCC सॅंगको सहकार्यमा गरिने ।

10- DC मा रहेको नेपाली दुतावास सॅंगको सहकार्यमा Virginia मा मात्र नभएर अन्य राज्यहरु मा रहेका नेपाली दाजु-भाई, दिदी-बैनीहरु का लागी कसरी सहजीकरण गर्न सकिन्छ, त्यस बारेमा समन्वय गर्ने ।

11- हरेक क्षेत्रमा महिला सहभागिता लाई जोड दिने । क्रमश: ……

यहाँहरुको सल्लाह सुझाव हाम्रो लागी सदैभ अपरिहार्य रहनेछ । बिजय बगाले (Bijaya Bagale) उम्मेदवार- अध्यक्ष NRNA Virginia Chapter (2023-2025) Contact # 7204732060

खबरपाटी
खबरपाटी