भर्जिनिया । एनआरएनए अमेरिकाको भर्जिनियामा खरिद गरिएको भवनको विधिवतरुप बाट पुजा आजा का साथ,रिवन काट्ने कार्यक्रम आज समंपन्न भएको छ । उक्त कार्यक्रममा प्राय सबै स्टेट बाट एनआरएनए मुभमेन्टमा लाग्ने र एनआरएन लाई माया गर्ने,मानिसहरुको निकै राम्रो उपस्थिति रहयो ।
भनिन्छ, भवनले धेरै सामाजिक आवश्यकताहरू पुरा गर्छ । त्यो भावनात्म र ब्यवहारिक आवश्यकता यो,भवन बाट पुरा हुनेछ । सामान्यत्या,मौसमबाट आश्रयको रूपमा,सुरक्षाकारुपमा,बस्ने ठाउँ, गोपनीयता,सामानहरू भण्डारण गर्न, र आरामसँग बस्न र काम गर्नका लागी यो भवन खरिद गरिएको हैन । यो भवनको छुट्टै बिशेषता छ । यो नेपाली मनको भवन हो । यो,नेपाली लाई पर्ने सुख(दुस्ख को सहयात्री भवन हो ।
भवनका धेरै प्रकारहरु हुन्छन । तर, प्रयोग का दृष्टि ले भने :
आवासीय भवन
सार्वजनिक भवन
व्यवसायिक भवन
औद्योगिक भवन
ऐतिहासिक भवन
माथीका मध्ये एनआरएनए का लागी खरिद गरिएको यो भवन कुनमा पर्यो होलारु त्यो त तपाईले छुटाईसक्नु भएको छ ।
गणितिय हिसावले हेर्ने हो भने,धेरै काम हरु एनआरएनबाट हुन सकेका छैन्न । तर,केही महत्वपूर्ण कामहरु नभएका पनि हैन्न । एनआरएनए भन्ने बित्तिकै कतिपय मानिसहरु को बितृष्णा देखिन्छ । यसका लागी एप्समा मात्र स्मार्ट एनआरएनए हैन,साच्चीकै को स्मार्ट एनआरएनए बनाउॅंने तपाई हाम्रो दाईत्व हो । (अभियान्ता बिजय बगालेको फेसबुक वाल बाट साभार)