कञ्चनजङ्घा  क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर राखिने

ताप्लेजुङमा अवस्थित विशवको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर राखिने भएको छ ।

कञ्चनजङ्घा  क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर राखिने

काठमाडौं । ताप्लेजुङमा अवस्थित विशवको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर राखिने भएको छ । 

कञ्चनजङ्घा अवलोकन गर्न  पर्यटकलाई सहजता ल्याउनका लागि फक्ताङलुङ गाउँपालिकाले उच्च हिमाली क्षेत्रमा अक्सिजन सिलिण्डर राख्ने भएको हो । फक्ताङलुङ गाउँपालिकाले गत आइताबार १३ औँ गाउँसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा पर्यटकको स्वास्थ्य संवेदनशीलतालाई दृष्टि गरी  कञ्चनजङ्घा आधार शिविरसहितका क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डरसहितका उपकरण राख्ने निर्णय गरिएको छ । 

कञ्चनजङ्घा आधार शिविर पाङ्पेमासहित लोनाक, खम्बाछेन, याङ्मा, मौवाटार, सिङ्जेमा ताल र टिपताला भञ्ज्याङमा यो सुविधा प्रदान गर्ने गाउँपालिकाले घोषणा गरेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । कञ्चनजङ्घा आधार शिविरमा आउने पर्यटक अक्सिजनको कमीले बीच बाटोदेखिनै फर्कनुपर्ने देखि हेलिकप्टर चार्टर गर्नेसम्म अवस्था विगतका वर्षहरुमा हुँदै आएको थियो ।

 गाउँपालिकाले लिएको कञ्चनजङ्घा आधार शिविर क्षेत्रमा आपत्कालीन अक्सिजन सिलिण्डर नीति कार्यक्रम राम्रो भए पनि व्यस्थापन पक्ष अझ महत्त्वपूर्ण रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक जितेन चेम्जोङले बताउनुभयो । चोम्जोङका अनुसार कञ्चनजङ्घा हिमाल आरोहण गर्न आउनेले भने आफैँ अक्सिजन लिएर आउने गरे पनि टे«किङका लागि आउने आन्तरिक तथा बाह्य पयटनका लागि भने अक्सिजन व्यवस्थापन गर्न आवश्यक रहेको छ ।

 उहाँले भन्नुभयो, “अक्सिजनका अभावले गर्दा म नै दुई पटक हेलिकप्टर चाटर गर्नुपरेको थियो । गत वर्ष मात्र एक पर्यटक अक्सिजन आभवकै कारणले ज्यान गुमाउन परेको थियो ।” प्रत्येक वर्ष पाँच सयदेखि हजारको हाराहारीमा बाह्य पयटक कञ्चनजङ्घा क्षेत्रको अवलोकन गर्दै आएको कञ्चनजङ्घा संरक्षण क्षेत्र वयवस्थापन परिषद्को तथ्याङ्कले जनाएको छ । 

पर्यटकीय पदमार्ग स्तरोन्नति गरिने

फक्ताङलुङ गाउँपालिकालाई पर्यटक हब बनाउनका लागि ग्रेट हिमालयन ट्रेल अवधारणा अगाडि बढाएको छ । फक्ताङलुङ गाउँपालिका–६ अम्जिलेसा–ठयाङ्गेम–ग्याब्ला–घुन्सा–खम्बाछेन हुँदै कञ्चनजङ्घा आधार शिविर९नर्थ बेसक्याम्प०सम्मको पर्यटकीय पदमार्गलाई स्तरोन्नति गर्ने गाउँपालिकाले नीति तथा कार्यक्रममा समावेश गरिएको छ । 

त्यस्तै फक्ताङलुङ गाउँपालिका–५ हेल्लोक–लासाङ–तोरोङ्देन–चाइराम हुँदै कञ्चनजङ्घा आधार शिविर ९साउथ बेसक्याम्प०सम्मको पदमार्ग मर्मत गर्ने गाउँपालिकाले जनाएको छ । ग्रेट हिमालयन ट्रेल अन्र्तगत घुन्सा–नाङगोला–ओलाङचुङगोला हुँदै लुम्बासुम्बा पदमार्ग, ग्याब्ला–हाँसपोखरी–ओलाङचुङगोला पदमार्ग स्तरोन्नति गर्ने पालिकाले जनाएको छ । रासस

खबरपाटी
खबरपाटी