कामपाद्वारा सात अर्ब ३९ करोड बढी राजस्व असुल

काठमाडौँ महानगरपालिकाले चालु आवको गत वैशाख मसान्तसम्मा रु सात अर्ब ३९ करोड ४० लाख ११ हजार राजस्व असुल गरेको छ । जुन लक्ष्यको ७० दशमलव ९६ प्रतिशत हो ।

कामपाद्वारा सात अर्ब ३९ करोड बढी राजस्व असुल

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आवको गत वैशाख मसान्तसम्मा रु सात अर्ब ३९ करोड ४० लाख ११ हजार राजस्व असुल गरेको छ । जुन लक्ष्यको ७० दशमलव ९६ प्रतिशत हो ।  

चालु आवको लागि कामपाले लागि  रु १० अर्ब ४१ करोड ९५ लाख ४९ लाख राजस्व असुल गर्ने लक्ष्य लिएको थियो । सङ्कलित राजस्वमा आन्तरिक आयतर्फ ९० दशमलव ४५ प्रतिशत, बाँडफाँटबाट प्राप्त हुने रकममा ३३ दशमलव ५० प्रतिशत र अनुदानतर्फ ८६ दशमवलव ४५ प्रतिशत प्रगति प्राप्त भएको कामपा राजस्व विभाग प्रमुख धु्रव काफ्लेले जानकारी दिनुभयो । गत वर्ष कामपाले रु नौ अर्ब आठ करोड ७० लाख १३ हजार लक्ष्य लिएको थियो ।  

कामपामा विशेष गरी आन्तरिक आयमा सम्पत्ति कर, बहाल कर, भूमि कर÷मातपोत कर, सवारी कर ९साना सवारी साधन०, अन्य व्यक्तिगत आन्तरिक अनुदान ९जनसहभागिता÷लागत सहभागिता÷सामाजिक उत्तरदायित्वअन्तर्गतका काममा जम्मा हुने रकम०, घरबहाल कर, वित्तीय निकायबाट प्राप्त हुने ब्याजलगायत शीर्षक छन् ।

यस्तै पर्यटन शुल्क, अन्य बिक्रीबाट प्राप्त रकम, सेवा शुल्क, न्यायिक दस्तुर, शिक्षा क्षेत्रको आम्दानी, परीक्षा शुल्क, प्रशासनिक सेवा शुल्क, पार्किङ शुल्क, नक्सा पास दस्तुर, सिफारिस शुल्क, व्यक्तिगत घटना दर्ता, नाता प्रमाणित दस्तुर, व्यवसाय रजिष्ट्रेसन दस्तुर, प्रशासनिक दण्ड जरिवाना र जफत, धरौटी सदरस्याहा, बेरुजुलगायत शीर्षक छन् । 
    
यी शीर्षकमध्ये सबैभन्दा धेरै प्रगति पर्यटन शुल्कमा भएको छ । यसमा रु सात करोड लक्ष्य लिएकोमा रु आठ करोड ७१ लाख ८७ हजार ५० आम्दानी भएको छ । यो लक्ष्यको एक सय २४ दशमलव ५५ प्रतिशत हो । यस्तै पार्किङ शुल्कमा एक सय २४ दशमलव ०४, नक्सापास दस्तुरमा एक सय १२ दशमवलव १८ प्रतिशत, सम्पत्ति बहाल तथा पट्टाबापतको आयमा एक सय ११ दशमवलव २८ प्रतिशत आय भएको प्रमुख काफ्लेले जानकारी दिनुभयो ।  

राजस्व बाँडफाँटअन्तर्गत सरकारले मूल्य अभिवृद्धि कर र अन्तःशुल्कको शुल्क एउटै शीर्षकमा पठाउने गरेको छ । छुट्याएर नपठाएकोले मूल्य अभिवृद्धि करअन्तर्गत कति प्राप्त भया रु अन्तःशुल्कबापत कति प्राप्त भयो भन्न सकिएन । प्राप्त रकम मूल्य अभिवृद्धि करको शीर्षकमा जम्मा भएकाले अन्तःशुल्कमा प्रगति शून्य देखिएको हो ।  

बाँडफाँटबाट आय प्राप्त हुने शीर्षकमा, घरजग्गा रजिष्ट्रेसन दस्तुर, सवारी साधन कर, मनोरञ्जन कर, विज्ञापन कर छन् । आन्तरिक अनुदानमा समानीकरण, सशर्त अनुदान चालु सशर्त अनुदान पुँजीगत शीर्षकमा रकम प्राप्त हुन्छ । रासस

खबरपाटी
खबरपाटी