पूर्वसभासद शेर्पा प्रहरीमा

नक्कली भूटानी शरणार्थी बनाएर सङ्गठित ठगी प्रकरणमा मुछिएका व्यक्तिसँग नाम जोडिएका नेपाली कांग्रेसका नेता एवं पूर्वसभासद आङटावा शेर्पा आज जिल्ला प्रहरी परिसर काठमाडौँ पुग्नुभएको छ ।

पूर्वसभासद शेर्पा प्रहरीमा

काठमाडौं । नक्कली भूटानी शरणार्थी बनाएर सङ्गठित ठगी प्रकरणमा मुछिएका व्यक्तिसँग नाम जोडिएका नेपाली कांग्रेसका नेता एवं पूर्वसभासद आङटावा शेर्पा आज जिल्ला प्रहरी परिसर काठमाडौँ पुग्नुभएको छ । 

उक्त घटनामा नाम जोडिएपछि बुझ्नका लागि भन्दै उहाँ आफँै परिसरमा आउनुभएको परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले राससलाई जानकारी दिनुभयो । 

उहाँ शरणार्थी प्रकरणमा पक्राउ परेका सानु भण्डारीलाई हिरासतमै गएर भेटेको सार्वजनिक भएको थियो । त्यसपछि उहाँलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको थियो । 

उक्त प्रकरणमा अहिलेसम्म पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वमन्त्री बालकृष्ण खाणसहित १३ जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस

खबरपाटी
खबरपाटी