गण्डकी तथा कर्णाली प्रदेशका एकदुई स्थानमा वर्षा, यस्तो छ देशभरको मौसम

हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

गण्डकी तथा कर्णाली प्रदेशका एकदुई स्थानमा वर्षा, यस्तो छ देशभरको मौसम

काठमाडौं । हाल देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । गण्डकी तथा कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो  देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का  वर्षाको  सम्भावना रहेको छ।

आज राति  देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश तथा गण्डकी प्रदेशको थोरै स्थानमा हल्का वर्षाको संभावना रहेको छ। 

खबरपाटी
खबरपाटी