काठमाडौं । हामी सपना किन देख्छौं र सपनाको के अर्थ लाग्छ भन्ने बारेमा हामी जिज्ञासु रहन्छौं । हाम्रो दिमाग सुतेपछि कसरी प्रोजेक्टर बन्न पुग्छ अनि आँखा कसरी स्क्रिन बन्न पुग्छ जसमा छविहरू नाच्छन् भन्ने कुरा रमाइलो छ । आउनुस्, जानौं सपना सम्बन्धी केही तथ्य स्
बच्चाहरू तीन—चार वर्षको नहुँदासम्म आफ्नो बारेमा सपना देख्दैनन् ।
निद्रामा घुर्ने मान्छेले घुरेका बेलामा सपना देख्दैनन् ।
एक औसत व्यक्तिले जिन्दगीको ६ वर्ष सपना देखेर बिताउँछ ।
पर्सनालिटी डिसअर्डर नामक मानसिक रोगबाट ग्रस्त व्यक्तिले सपना देख्दैनन् ।
हामी उठेको एक मिनेटभित्रै ९० प्रतिशत सपना हराइसकेका हुन्छन् ।
हामी सपनामा आफूले पहिल्यै भेटिसकेका मान्छेलाई मात्र देख्छौं ।
केही दुर्लभ केसमा मान्छेले पछि हुने कुरा सपनामा देख्छन् ।
तपाईं सपनामा किताब पढ्न र समय बताउन सक्नुहुन्न ।
हामी एक रातमा सातवटासम्म सपना देख्न सक्छौं ।
मान्छेको दिमाग जागृत अवस्थामा भन्दा स्वप्न अवस्थामा बढी सक्रिय हुन्छ ।
जनावर पनि सपना देख्छन् ।
दृष्टिविहीन पनि सपना देख्छन् ।
ईशापूर्व ४००० मा इजिप्सियनहरूले स्वप्न शब्दकोश तयार पारेका थिए।
सपना देख्दा तपाईंको शरीर पक्षघातको अवस्थामा हुन्छ ।एजेन्सीको सहयोगमा