आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपालमा पनि इजरायल स्वतन्त्रताको ७५औँ दिवस विशेष कार्यक्रम गरी मनाइएको छ ।
नेपालस्थित इजरायली राजदूतावासले आज यहाँ विशेष कार्यक्रम गरी ७५औँ स्वतन्त्रता दिवस मनाएको हो । कार्यक्रममा प्रमख अतिथि उपराष्ट्रपति रामसहाय प्रसाद यादव र विशेष अतिथि परराष्ट्रमन्त्री एनपी साउद सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा राजनीतिक दलका नेता तथा सांसद, यहाँस्थित कूटनीतिक निकायका प्रतिनिधि, परराष्ट्र मामिला विषयका जानकार, विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति, सञ्चारकर्मीलगायत सहभागी हुनुुहुन्थ्यो ।
कार्यक्रममा इजरायली राजदूत हनान गोदेरले अतिथिलाई स्वागत गर्दै नेपाल–इजरायल सम्बन्धका विविध विषयका बारेमा चर्चा गर्नुभएको थियो । कार्यक्रममा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको भिडियो सन्देश देखाएको थियो । रासस