आउँदो साताको प्रारम्भमा तापक्रम वृद्धि हुने, कस्तो छ अबको तीन दिन देशको मौसम ?

हाल देशमा  स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल देशभर मौसम सामान्यतया सफा रहेको छ

आउँदो साताको प्रारम्भमा तापक्रम वृद्धि हुने, कस्तो छ अबको तीन दिन देशको मौसम ?

काठमाडौं । हाल देशमा  स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। हाल देशभर मौसम सामान्यतया सफा रहेको छ ।

२०८० वैशाख २९ गते (शुक्रबार)

कोशी प्रदेश र मधेश प्रदेशका साथै बागमती प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।

२०८० वैशाख ३० गते (शनिबार)

कोशी प्रदेशका साथै गण्डकी प्रदेश, कर्णाली  प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशका साथै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

२०८० वैशाख ३१ गते (आईतबार)

देशको पहाडी भू(भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका पहाडी भू-भागका एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिरजोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आउँदा साताको प्रारम्भमा तापक्रम वृद्धि हुने देखिएको छ । साथै, कुनै पनि स्थानमा आज हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

खबरपाटी
खबरपाटी