नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेता हेरफेर

सुदूरपश्चिम प्रदेशसभाको चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेता र प्रमुख सचेतक फेरेको छ ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलको नेता हेरफेर

काठमाडौं । सुदूरपश्चिम प्रदेशसभाको चौथो ठूलो दल नागरिक उन्मुक्ति पार्टीले संसदीय दलको नेता र प्रमुख सचेतक फेरेको छ ।

संसदीय दलको बैठकले घनश्याम चौधरीलाई दलको नेता चयन गरेको छ । उहाँ कैलाली निर्वाचन क्षेत्र ३ को प्रदेशसभा ९१० बाट निर्वाचित हुनुभएको हो । प्रमुख सचेतकमा खुशीराम चौधरी चयन हुनुभएको छ । यसअघि सो पार्टीको संसदीय दलको नेतामा रामेश्वर चौधरी र प्रमुख सचेतकमा लक्ष्मणकिशोर चौधरी हुनुुहुन्थ्यो । 

निवर्तमान प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले केन्द्रीय अध्यक्षको उपस्थितिमा केन्द्रमा केही दिनअघि भएको सहमतिबमोजिम आज प्रदेशसभाको संसदीय दलको बैठक बसेर दलको नेता र प्रमुख सचेतक चयन गरिएको जानकारी दिनुभयो । 

“बैठकले दलको नेता र प्रमुख सचेतक सर्वसम्मतिले चयन गरेको छ”, उहाँले भन्नुभयो, “यसबाहेक योजना छानोटलगायतका विषयमा छलफल गरिएको छ ।”  त्रिपन्न सदस्यीय प्रदेशसभामा सो पार्टीका सात सदस्य हुनुहुन्छ । यस्तै नेपाली कांग्रेसका १९, नेकपा ९माओवादी केन्द्र० का ११, नेकपा ९एमाले० का दश, नेकपा ९एकीकृत समाजवादी०का चार, राप्रपाका एक र स्वतन्त्र एक सदस्य हुनुहुन्छ । रासस

खबरपाटी
खबरपाटी