प्रधानमन्त्रीले भनेको फिल्म देखाउन अझै बाँकी नै छ : अध्यक्ष ओली

अध्यक्ष ओलीले धरै ठूलो संख्यामा ठगी भएपछि मात्र अहिले छताछुल्ल भएको टिप्पणी गर्दै भ्रष्टाचार हुनासाथ छानबिन गर्ने र कारबाही गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए

प्रधानमन्त्रीले भनेको फिल्म देखाउन अझै बाँकी नै छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  २०४७ सालयताका सबै भ्रष्टाचारको छानबिन हुनुपर्ने बताएका छन् ।

च्यासलस्थित पार्टी मुख्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले नक्कली शरणार्थी प्रकरणमा फिल्म देखाउन बाँकी नै रहेको बताए । ‘भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लडाइँ हो । अहिले आएर बल्ल अगाडि बढेको छ । त्यसमा म खुसी नै छु,’ उनले भने, ‘प्रधानमन्त्रीले भनेको फिल्म देखाउन अझै बाँकी नै छ ।’  

अध्यक्ष ओलीले धरै ठूलो संख्यामा ठगी भएपछि मात्र अहिले छताछुल्ल भएको टिप्पणी गर्दै भ्रष्टाचार हुनासाथ छानबिन गर्ने र कारबाही गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । 

नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीले सरकारले मुलुकको अर्थतन्त्रबारे भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका छन् । बिहीबारबाट सुरू भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले अर्थतन्त्र थप संकटमा परेको बेला सरकारले मुलुकको अर्थतन्त्रको वास्तविक अनुहार ढाकछोप गर्न खोजेको आरोप लगाएका हुन् ।

सरकारले रेमिट्यान्स बढेको, वैदेशिक मुद्राको संचिति बढ्यो भन्ने विषय सार्वजनिक गराएर वास्तविक अवस्थाको ढाकछोप गरेको ओलीको आरोप छ। एमाले अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र अप्ठयारो र झन् संकटमा परेको बताए । 

खबरपाटी
खबरपाटी