मधेश प्रदेशमा सरकार पुनःगठन हुनुपर्छः अध्यक्ष ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्व सरकार पुनःगठन हुनुपर्ने माग गर्नुभएको छ ।

मधेश प्रदेशमा सरकार पुनःगठन हुनुपर्छः अध्यक्ष ठाकुर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का अध्यक्ष महन्थ ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्व सरकार पुनःगठन हुनुपर्ने माग गर्नुभएको छ । 

आज जनकपुरधाम विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले गठबन्धनको मर्मअनुसार अन्य प्रदेशमा सरकारको नेतृत्व परिवर्तन भए सरह नै मधेश प्रदेशमा पनि  सरकारको नेतृत्व र स्वरुप परिमार्जन हुनुपर्ने बताउनुभयो । 

अध्यक्ष ठाकुरले मधेश प्रदेश सरकारको नेतृत्वमा लोसपाको समेत दाबी रहने बताउनुभयो । गठन्धनको मर्मअनुसार मधेश सरकारको नेतृत्वमा अव लोसपाकै पालो हुनुपर्ने अध्यक्ष ठाकुरको भनाइ छ । 

उपनिर्वाचन अगाडि नै मधेश प्रदेशको सरकारका विषयमा दलबीच सहमति भइसकेको भन्दै अध्यक्ष ठाकुरले त्यसैअनुसार मधेश सरकार परिवर्तन हुने दाबी गर्नुभयो । 

अध्यक्ष ठाकुरले नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन भइरहेकाले सबैले सहयोग गर्नुपर्ने समेत बताएका छन्  ।  रासस

खबरपाटी
खबरपाटी