पूर्वगृहमन्त्री बालकृष्ण खाँण आफ्नै निवासबाट पक्राउ

पूर्वगृहमन्त्री बालकृष्ण खाँण आफ्नै निवासबाट पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई प्रहरीले बुधबार बिहान निवासबाटै पक्राउ गरेको हो ।

‘मैजुबहालको निवासबाट उनलाई प्रहरी परिसरमा ल्याइएको हो ।

काठमाडौं प्रहरी परिसर प्रमुख दानबहादुर कार्कीले पूर्व गृहमन्त्री खाँणलाई सोधपुछ पछि घर जान दिने कि नियन्त्रणमै राख्ने भनेबारे निर्णय लिने बताए ।

यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

खबरपाटी
खबरपाटी