पहाडी भूभागमा मौसम सामान्यतया सफा

हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

पहाडी भूभागमा मौसम सामान्यतया सफा

काठमाडौं । हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशको पहाडी भूभागका आंशिक  बदली रही  बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश 

र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। 

देशका तराई भूभागका केही स्थानहरूमा सामान्य हावा(हुरीको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भूभागका आंशिक  बदली रही  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका 

पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

खबरपाटी
खबरपाटी