नीतिगत सावधानी अपनाउन आइएमएफको सुझाव

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले नेपालको अर्थतन्त्र अझै जोखिममा रहेकाले नीतिगत सावधानी अपनाउन सुझाव दिएको छ ।

नीतिगत सावधानी अपनाउन आइएमएफको सुझाव

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले नेपालको अर्थतन्त्र अझै जोखिममा रहेकाले नीतिगत सावधानी अपनाउन सुझाव दिएको छ । 

नेपालको अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेको अवस्थामा मौद्रिक नीतिलाई अझ खुकुलो पार्नेभन्दा पनि अझ बढी व्यवस्थित तुल्याउन आइएमएफले नेपाललाई सुझाएको छ । नेपालमा एक्स्टेन्डेड क्रेडिट फ्यासिलिटी ९इसिएफ० मार्फत सहुलियतपूर्ण ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि आज आयोजित पत्रकार सम्मेलनमा आइएमएफका डेपुटी डिभिजन चिफ टुरुनेन जाक्र्कोले नेपालको आयात क्रमिकरूपमा बढेको अवस्थामा मौद्रिक नीतिलाई खुकुलो बनाउने हो भने त्यसले अर्को समस्या ल्याउनेतर्फ सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

इसिएफमार्फत परिचालन भएका कार्यक्रमको समीक्षापछि आइएमएफले पाँच करोड २८ लाख अमेरिकी डलर बराबरको ऋण निकासा गर्ने घोषणा गरेको छ । आइएमएफको कार्यकारी समिति ९एक्जुकेटिभ बोर्ड० बैठकले इसिएफअन्तर्गतको ऋण निकासा दिने निर्णय गरेको थियो । 

पत्रकारसँग आइएमएफका डेपुटी डिभिजन चिफ जाक्र्कोले भन्नुभयो, “नेपालको आयात बढिरहेको छ, मूल्य वृद्धि उच्च दरमा छ, अहिले बाह्य जोखिम कायमै रहेकाले खुकुलो मौद्रिक नीति ल्याउन हुँदैन, अर्थतन्त्रलाई राम्रो गर्दैन ।” उहाँले देशको आर्थिक अवस्थाबारे निर्णय लिँदा तथ्याङ्कमा आधारित हुने पनि सुझाव दिनुभयो ।

यसअघि आइएमफले कसिलो मौद्रिक नीतिले बाह्य क्षेत्र व्यवस्थापनमा सघाएको र बजेटको अर्धवार्षिक समीक्षाबाट चालिएका सरकारका कदमले अर्थतन्त्रमा आगामी दिनमा देखिनसक्ने चुनौती सम्बोधन गर्न खोजेको बताइएको थियो । राजस्व वृद्धि गर्ने उपाय अवलम्बन गर्न र सहुलियत कर्जा उपलब्ध गराएर देशको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा डेपुटी डिभिजन चिफ जाक्र्कोको जोड थियो ।रासस

खबरपाटी
खबरपाटी