जनकपुरमा भानुभक्त आचार्यको सालिक अविलम्ब निर्माण गर्न विद्यार्थी सङ्गठनको माग

धनुषाका विद्यार्थी सङ्गठनहरूले जनकपुरधाम उपमहानगरपालिकाको भानु चोकमा भानुभक्त आचार्यको सालिक अविलम्ब निर्माण गर्न माग गरेका छन् ।

जनकपुरमा भानुभक्त आचार्यको सालिक अविलम्ब निर्माण गर्न विद्यार्थी सङ्गठनको माग

काठमाडौं । धनुषाका विद्यार्थी सङ्गठनहरूले जनकपुरधाम उपमहानगरपालिकाको भानु चोकमा भानुभक्त आचार्यको सालिक अविलम्ब निर्माण गर्न माग गरेका छन् ।

मङ्गलबार  विद्यार्थी सङ्गठनले संयुक्तरूपमा उपमहानगर प्रमुख  मनोजकुमार साहसँग भेट गरी सालिक निर्माण कार्य अगाडि बढाउन ध्यानाकर्षण गराएको हो । प्रमुख साहले ध्यानाकर्षण पत्र बुझ्दै चाँडै सालिक निर्माण कार्य अगाडि बढाइने बताउनुभयो । उहाँले सालिक निर्माण स्थगित भएको अफवाहको पछाडि नलाग्न आग्रह गर्दै चाँडै निर्माण कार्य अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 विगत केही दिन पहिला मात्र उपमहानगरप्रमुख साहले भानु चोकमा भानुभक्त आचार्यको सालिक निर्माण शिलान्यास गर्नुभएको थियो । शिलान्यासका क्रममा लोकतान्त्रिक विद्यार्थी सङ्गठनले सो स्थानमा रमेश महतोको सालिक निर्माणको माग गर्दै प्रदर्शन गरेको थिए । जनकपुरधाम उपमहानगरपालिकाको नवौँ नगरसभाबाट भानु चोकमा भानुभक्त आचार्यको सालिक निर्माण गर्ने निर्णय भएको र सोका लागि बजेटसमेत विनियोजन भइसकेको छ । 

नेपाल विद्यार्र्र्थी सङ्घ, अनेरास्ववियु ९नेकपा एमाले०, अखिल क्रान्तिकारी, राष्ट्रिय स्वतन्त्र पार्टी, अनेरास्ववियु ९नेकपा एकीकृत समाजवादी०, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी सङ्गठन, नेपाल समाजवादी विद्यार्थी युनियन मधेस, नेपाल तरुण दल, राष्ट्रिय युवा सङ्घ, वाइसिएल, युथ फोर्स र युवा सङ्घ नेपालले संयुक्तरूपमा उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन् ।   रासस

खबरपाटी
खबरपाटी