लुम्बिनीमा तत्काल मन्त्रिपरिषद् विस्तार हुन्छः मुख्यमन्त्री चौधरी

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा तत्काल मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ ।

लुम्बिनीमा तत्काल मन्त्रिपरिषद् विस्तार हुन्छः मुख्यमन्त्री चौधरी

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा तत्काल मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । 

दाङको तुलसीपुरमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मन्त्री चौधरीले दुई÷चार दिनमै मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको हो । “सबै प्रदेशको एकैपटक मन्त्रिमण्डल विस्तार गरौँ भन्ने नीतिगत निर्णय भएको छ”, उहाँले भन्नुभयो । 

नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० सहित विभिन्न आठ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ५३ जनाको समर्थनमा चौधरी मुख्यमन्त्री हुनुभएको हो । यसअघि माओवादी केन्द्रका धनबहादुर मास्की, नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोसपाका सन्तोष पाण्डेलाई मन्त्री नियुक्त गरिएको थियो । 

लुम्बिनीमा सत्ता गठबन्धनमा कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा, लोसपा र जनमत पार्टीका तीन÷तीन, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक÷एक तथा एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् । त्यस्तै विपक्षमा एमालेका २९ र राप्रपाका चार प्रदेशसभा सदस्य छन् । रासस

खबरपाटी
खबरपाटी