सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि सरकार क्रियाशीलः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि सरकार क्रियाशीलः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली सञ्चार क्षेत्रको पुनःसंरचनाका लागि सरकार क्रियाशील रहेको बताउनुभएको छ । उहाँले  सञ्चारसम्बन्धी नयाँ कानुन र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरकार प्रयत्नशील रहेको उल्लेख गर्नुभएको छ । 

राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिनुहुँदै प्रधानमन्त्रीले सम्पूर्ण सञ्चारकर्मीका साथै आम जनसमुदायमा शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्रीले भन्नुभएको छ, “नेपाली सञ्चार क्षेत्रको पुनःसंरचना, सञ्चारसम्बन्धी नयाँ कानुन र संरचना निर्माणका साथै सञ्चार क्षेत्रका समस्या समाधानका लागि सरोकार पक्षसँग व्यापक सहकार्य गर्ने वातावरण बनोस, यही शुभकामना ।”  रासस

खबरपाटी
खबरपाटी