नेपालले तेस्रो विकेट कप्तान रोहितकुमार पौडेल आउट

नेपालले तेस्रो विकेट कप्तान रोहितकुमार पौडेल आउट

एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा यूएईले दिएको ११८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको घरेलु टिम नेपालले तेस्रो विकेट गुमाएको छ ।

।तेस्रो विकेटको रुपमा नेपालका कप्तान रोहितकुमार पौडेल एक आउट भए । रोहित आउट भएसँगै नेपाल दबाबमा आएको छ । यसअघि नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई रनमा गुमाएको थियो । दोस्रो विकेटको रुपमा आसिफ शेख आए भए । आसिफले आठ रन बनाए ।

नेपालले ८ ओभरको समाप्तिमा तीन विकेटको क्षतिमा २२ रन बनाएको छ ।

वर्षाको कारण सोमबार प्रभावित भएको खेल आज यूएईले नेपाललाई झिनो लक्ष्य दिएको हो । वर्षाको कारण सोमबार २७।३ ओभरमा रोकिएको खेल आज यही अवस्थाबाट सुरू भएको हो । यूएईले ३३।१ ओभरमा सबै विकेटको क्षतिमा ११७ रन मात्रै बनाउन सक्यो । यूएईका लागि ११औँ नम्बरमा ब्याटिङ गर्न आएको जुनाइद सिद्धिकीले १० रनमा आउट भए ।

नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिँदा सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिए । यसअघि सोमबार नेपालका लागि ललितनारायण राजवंशीले लगातार विकेट लिएका थिए । उनी ह्याट्रिक विकेट नजिक थिए । आज उनले २७।४ ओभरमा विकेट लिन नसकेपछि ह्याट्रिक विकेट पूरा भएन । तर ललितले सिद्धिकीको विकेट लिएसँगै यूएई अलआउट भएको हो 

सोमबार ललितले आसिफ खानलाई ४६, रामिज शाहजादलाई एक र जाहोर खानलाई शून्यमा आउट गराएका थिए । त्यस्तै, करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । त्यस्तै, सोमपाल कामी र गुल्सन झाले समान १–१ विकेट लिए । करणले आर्यन लाक्रालाई १३ र वृत्या अरविन्दलाई आठ रनमा आउट गराए । सन्दीपले आयन अफ्जल खानलाई पाँच र रोहन मुस्तफालाई दुई रनमा आउट गराएका थिए ।

त्यस्तै, सोमपाल कामीले यूएईका कप्तान मोहम्मद वासिमलाई ११ रनमा आउट गराए । गुल्सन झाले बासिल हामिदलाई १० रनमा आउट गराए ।

यूएई र नेपालबीचको विजेताले एसिया कप खेल्नेछ ।

खबरपाटी
खबरपाटी