नेपालले टस जितेर फिल्डिङ रोज्यो, साथै मैदान उत्रिएका समर्थकहरु (फोटोफिचर)

नेपालले टस जितेर फिल्डिङ रोज्यो, साथै मैदान उत्रिएका समर्थकहरु (फोटोफिचर)

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको फाइनलमा नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ बजे सुरु हुने खेलका लागि कप्तान रोहित पौडेलले फिल्डिङ गर्ने निर्णय गरेका हुन्।

नेपाली टिममा एक परिवर्तन भएको छ। प्रशिक्षक मोन्टी देशाइले दीपेन्द्रसिंह ऐरीको स्थानमा गुल्शन झालाई स्थान दिएका छन्। शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहीन भएपछि समूह विजेता बनेको नेपाल फाइनलमा पुगेको थियो।

समूह ए मा रहेको नेपाल ३ खेलमा विजयी भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो। 
 

खबरपाटी
खबरपाटी