सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो

बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ ।

सडक निर्माणका लागि थुपारेको गिट्टीमा मानिसको टाउको भेटियो

काठमाडौं । बैतडीको पाटनमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा मान्छेको टाउको भेटिएको छ । पाटन नगरपालिका–६ स्थित पाटन तल्लो बजारमा सडक निर्माणका लागि ल्याइएको गिट्टीमा आज दिउँसो मान्छेको टाउको भेटिएको हो । 

गिट्टीको थुप्रोबाट कुकुरले टाउको लग्दै गरेको अवस्थामा फेला परेको हो ।  सो ठाउँमा टाउकोमा कपालसमेत रहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक  कमलप्रसाद चौधरीले जानकारी दिनुभयो । टाउको भेटिएको स्थानलाई प्रहरीले सुरक्षित राखेको छ । “टाउको भेट्टिएको भएपनि महिलाको हो कि पुरुषको हो कि भन्ने चिन्न नसकिने अवस्थामा रहेको छ”, प्रहरी निरीक्षक चौधरीले भन्नुभयो ।

गिट्टी कुन ठाउँबाट ल्याइएको हो भन्ने खुल्न नसकेको र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।  रासस

खबरपाटी
खबरपाटी