गुण्डा नाइके रमेश बाहुन जेलमुक्त

गुण्डा नाइके रमेश बाहुन भनिने सुजन पौडेल जेलमुक्त भएका छन् ।  कैद सजाय भुक्तान गरेर गुण्डा नाइके रमेश बाहुन जेलमुक्त भएका हुन् । बाहुन वैशाख ८ गते जेलमुक्त भएको स्रोतले जनाएको छ । बाहुनलाई सुन्धारास्थित सेन्ट्रल जेलमा राखिएको थियो ।

गुण्डा नाइके बाहुन १० असार २०७१ मा २८।४ ग्राम खैरो हिरोइनसहित काठमाडौंको कलङ्कीबाट पक्राउ परेका थिए । लागुऔषध मुद्दामा दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले बाहुनलाई १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।

बाहुनविरुद्ध सरकारले १४ साउन, २०७१ मा लागुऔषध मुद्दा दायर गरेको थियो । पटक(पटक प्रहरी खोरमा पुगेका बाहुन लागुऔषधसहित पक्राउ परेपछि भने लामो समय जेल जीवन बिताउन बाध्य भएका हुन् ।

बाहुन यसअघि पटक पटक गुण्डागर्दीको आरोपमा पक्राउ पर्दै छुट्दै आएका थिए । बाहुनले ललितपुरमा कांग्रेस नेता मीनकृष्ण महर्जनमाथि पनि गोली प्रहार गरेका थिए । महर्जनमाथि गोली प्रहार गरेपछि प्रहरीले बाहुनलाई त्यतिबेला पक्राउ गरे पनि पछि छुटेका थिए ।  बाहुनले व्यापारीहरूलाई धम्क्याएर चन्दा माग्ने काम पनि गर्दै आएका थिए ।

खबरपाटी
खबरपाटी