सोमबार नेपाल र यूएई फाइनल खेल्ने

एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतसँग वर्षाको कारण खेल हुन नसकेर नेपाल फाइनलमा पुग्ने भएको छ

सोमबार नेपाल र यूएई फाइनल खेल्ने

काठमाडौं । एसिसी प्रिमियर कपको सेमिफाइनल खेलमा कुवेतसँग वर्षाको कारण खेल हुन नसकेर नेपाल फाइनलमा पुग्ने भएको छ । जितको लागि २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण रोकिएको छ ।

वर्षाको कारण पुन कभर ढाकिएको छ । टियुमा अहिले वर्षा बढेको छ । योसँगै खेल हुने सम्भावना कम छ । खेलको ५ बजेर २४ मिनेटको कट अफ टाइम रहेको छ । अर्थात उक्त समयमा खेल सकि सक्नु पर्ने हुन्छ । डकवर्थ लेविस पद्धतिको आधारमा नजिता निकाल्न अझै १२ ओभर खेल्नुपर्छ । तर टियुमा अहिले भारी वर्षा सुरु भएको छ ।

साढे चार बजे सम्म खेल सुरु नभएमा बाँकी १२ ओभर खेल हुने सम्भावना देखिदैन । खेल हुन नसकेमा सुपर हुनुपर्छ । सुपर ओभर पनि पाँच बजेभित्र सुरु हुनुपर्छ । तर सुपर ओभर पनि हुन सकेन भने नेपाल समूह विजेताको कारण फाइनलमा पुग्नेछ । अहिले टियुमा भारी वर्षा हुँदा खेल र सुपर ओभर हुने सम्भावना कम देखिन्छ । त्यसैले नेपाल फाइनलमा पुग्ने उच्च सम्भावना देखिन्छ ।

दोस्रो सेमिफाइल खेल पनि वर्षाका कारण रोकिएको छ । मूलपानी मैदानमा ओमान र यूएईबीच भइरहेको खेल वर्षाका कारण रोकिएको हो ।

खेल रोकिनुअघि २३७ रनको लक्ष्य पछ्याएको ओमानले ६ विकेट गुमाएर ४३ ओभरमा १९० रन बनाएको थियो । अब खेल हुन नसके यो खेलको नतिजा डीएल मेथडबाट निकालिने छ । जसमा यूएई अगाडि रहेको देखिएको छ । 

यता कीर्तिपुरमा नेपाल र कुवेतबीचको खेल पनि वर्षाका कारण रोकिएको छ । ४२ ओभरमा २८२ रन बनाउनुपर्ने लक्ष्य पाएको कुवेतले ८ ओभर ३ बलमा ६ विकेट गुमाएर ३७ रन बनाउँदा वर्षाले खेल रोकिएको छ । 

खबरपाटी
खबरपाटी