रुसी राष्ट्रपति र टर्कीका राष्ट्रपति बीच टेलिफोन वार्ता

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसले बनाएको तुर्किएको पहिलो आणविक ऊर्जा रियाक्टरको उद्घाटन समारोह अघि बिहीबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फोन वार्ता गर्नुभएको छ ।

रुसी राष्ट्रपति र टर्कीका राष्ट्रपति बीच टेलिफोन वार्ता

काठमाडौं । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसले बनाएको तुर्किएको पहिलो आणविक ऊर्जा रियाक्टरको उद्घाटन समारोह अघि बिहीबार आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँग फोन वार्ता गर्नुभएको छ ।
टेलिफोन वार्तामा टर्की(रुस सम्बन्ध र क्षेत्रीय मुद्दाहरूमा छलफल भएको एर्दोगनको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
टर्कीका राष्ट्रपतिले अकुयु आणविक ऊर्जा प्लान्टमा पुटिनको योगदानको लागि धन्यवाद दिनु भएको छ ।  दुई नेताहरूले रुस/युक्रेन द्वन्द्व र अन्न सम्झौताको  बारेमा थप छलफल गरेको विज्ञप्तिमा  उल्लेख छ ।
साथै एर्डोगान र पुटिनले नयाँ प्रस्तावित कार्य समूह मार्फत काम गर्न सकिने पहलू बारे  पनि थप छलफल गरेको बताइएको छ । उहाँहरूले सिरियाको घटनाक्रमबारे पनि छलफल गरेको एर्दोगानको कार्यालयले जनाएको छ ।  रासस

खबरपाटी
खबरपाटी