बुधबार शेयर बजारमा देखिएको सकारात्मक माहोल

स्वावलम्बन लघुवित्तको आज एकै दिन १ लाख २९ हजार कित्ता प्रमोटर शेयर ८ करोड ८३ लाख १३ हजार ३ सय रुपैयाँको कारोबार भएको छ

बुधबार शेयर बजारमा देखिएको सकारात्मक माहोल

काठमाडौं । बुधबार शेयर बजार परिसूचक नेप्से १५ दशमलव १३ अंकले बढेर १९२० दशमलव १२ अंकको विन्दुमा बजार बन्द भएको छ । बढेको बजारमा शेयर बजारमा सम्पूर्ण परिसूचकहरुमा हरियाली छाएको छ । 

सामूहिक लगानी कोष उप समूहमात्र घटेको बजारमा सम्पूर्ण परिसूचकहरु सकारात्मक देखिएको छ ।

स्वावलम्बन लघुवित्तको आज एकै दिन १ लाख २९ हजार कित्ता प्रमोटर शेयर ८ करोड ८३ लाख १३ हजार ३ सय रुपैयाँको कारोबार भएको छ । 

आदर्श लघुवित्तका लगानीकर्ताहरुले १० प्रतिशतले गुमाउँदा, कालिन्चोक दर्शन, मोलुङ हाइड्रो र गुरासँ लघुवित्तका लगानीकर्ताहरुले १० प्रतिशतले कमाएका छन् । 

बजार सकारात्मक देखिएपनि कारोबार रकम भने घट्दो लयमा देखिएको छ । बुधबार २ सय ७३ कम्पनीको २३ हजार ३५२ पटकको कारोबारमा २५ लाख ६६ हजार ९११ कित्ताको खरिदविक्रि हुँदा ८६ करोड ८२ लाख २२ हजार ४३७ रुपैयाँ ९२ पैसा बराबरको कारोबार भएको छ । 

कारोबारमा आएका कम्पनी मध्य १ सय ६७ कम्पनीको शेयर मूल्य बढ्दा ४१ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ बाँकी १२ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।  

खबरपाटी
खबरपाटी