ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँ प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिनुभयो ।

ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँ प्रेस संयोजक रामशरण बजगाईले जानकारी दिनुभयो । 

घरमै आराम गरिरहनुभएका अध्यक्ष ओलीको उपचार निजी चिकित्सक डा। दिव्यासिंह शाहले गरिरहनुभएको छ । “उहाँको स्वास्थ्य अवस्था हिजोभन्दा सुधारोन्मुख भइरहेको छ”, प्रेस संयोजक बजगाईंले भन्नुभयो, “भाइरल ज्वरो भएकाले सिटामोल खाइरहनुभएको छ ।”

हिजो पार्टी अध्यक्ष ओलीलाई भाइरल ज्वरोका कारणले स्वास्थ्यमा समस्या आएको थियो । आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र सभामुख देवराज घिमिरेले ओली निवास बालकोटमा पुगी स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । 

खबरपाटी
खबरपाटी