काठमाडौं । नेपाल वायुसेवा निगमले वरिष्ठ क्याप्टेन रवीन्द्रकुमार शेरचनलाई निलम्बन गरेको छ ।गत अप्रिल १, २०२३ को काठमाडौँ–दुबई–काठमाडौँ उडान रद्द भएपछि उनलाई निगमले निलम्बन गरेको हो । आफुँले पाएको जिम्मेवारी निभाउन नसकेपछि शेरचन निलम्बनमा पर्नुपरेको हो ।
पाइलटले केही समय अघि मात्र विरामी भएको जानकारी दिएको तर अर्को पाइलटको व्यावस्था गर्न नसकेपछि सोही दिनका लागि तय भए उडान रद्ध गर्नुपरेको थियो ।
क्याप्टेन शेरचन अप्रेसन डिपार्टमेन्ट अफ हेड रहेका थिए । निगमले चैत २८ गते शेरचनलाई निलम्बन गरेर अप्रेसन डिपार्टमेन्ट हेडको जिम्मेवारी वरिष्ठ क्याप्टेन उत्तम घिमिरेलाई प्रदान गरेको छ । निगमले नायव महाप्रबन्धक जनकराज कावाखेतीको संयोजकत्वमा क्याप्टेन सुरज भण्डारी र प्रबन्धक नारायण पौडेलसहितको तीन सदस्यीय सो घटनाको छानविनका लागि समिति गठन गरेको छ ।