एकपछि अर्को अडियो टेप सार्वजनिक भएपछि ढाकाकुमारको पद धरापमा

एकपछि अर्को अडियो टेप सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको पद धरापमा

एकपछि अर्को अडियो टेप सार्वजनिक भएपछि ढाकाकुमारको पद धरापमा

काठमाडौँ । एकपछि अर्को अडियो टेप सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको पद धरापमा परेको छ । आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न दुई करोड मागेको अडियो टेप सार्वजनिक भएपछि श्रेष्ठ विवादमा परेका हुन् । सो प्रकरण लगत्तै रास्वपाले उनलाई एक साताका लागि पार्टीबाट निष्कासन गरेको थियो ।

सभापति रवि लामिछानेले ७२ घण्टाभित्र श्रेष्ठलाई कारबाही गर्ने घोषणा गरिसकेका छन् । त्यसकारण आज श्रेष्ठमाथि कारबाही गर्ने उद्देश्यले रास्वपाले केन्द्रीय समिति बैठक बोलाएको छ । पहिलेको अडियो टेपको चर्चा नसेलाउँदै सोमबार फेरि श्रेष्ठको अर्को अडियो टेप सार्वजनिक भएपछि उनको पद गुम्ने सम्भावना बढेको छ ।

श्रेष्ठपछि उनका भाइले मेडिकल माफिया दुर्गा प्रसाईँसँग गरेको टेलिफोन वार्ता बाहिरिएको छ । दाइलाई पार्टीले कारबाही गरेपछि भाइले सोमबार प्रसाईँसँग सहयोगको याचना गरेका छन् । अडिओमा सुनिएको वार्तालापको चौतर्फी विरोध भएपछि रवि लामिछानेको निर्देशनमा रास्वपाले हिजो नै सांसद ढाकाकुमारलाई निलम्बन गरेको छ । उनीविरुद्ध स्वयं लामिछानेले अख्तियार र प्रहरी गुहार्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

तर, सोमबार सार्वजनिक भएको अर्को अडिओमा श्रेष्ठका भाइसँग प्रसाईँले दुई करोडको प्रस्ताव गर्नेभन्दा दुई करोड मागेर मन्त्री बनाउन खोज्नेहरू दोषी रहेको उल्लेख गरेका छन् । पार्टीले कारबाही गरेपछि सांसद पद जाने,पार्टीको साधारण सदस्यसमेत नरहने पक्का भएको उल्लेख गर्दै भाइले प्रसाईँसँग संवाद सुरु गरेपछि मार्सीले माग्ने ढाकाको भन्दा दुई करोड माग्न लगाउने नेतृत्वको गल्ती बढी भएको बताएका छन् ।

खबरपाटी
खबरपाटी