अटोमोवाइल व्यवसायीले समस्या समाधान गर्न अर्थमन्त्रीसंग राखे माग

अटोमोवाइल व्यवसायीहरूले आफ्नो क्षेत्रमा देखिएका समस्याबारे अर्थमन्त्री प्रकाशशरण महतसँग छलफल

अटोमोवाइल व्यवसायीले समस्या समाधान गर्न अर्थमन्त्रीसंग राखे माग

काठमाडौं । अटोमोवाइल व्यवसायीहरूले आफ्नो क्षेत्रमा देखिएका समस्याबारे अर्थमन्त्री प्रकाशशरण महतसँग छलफल गरेका छन् । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा प्रतिनिधि मण्डलले सो क्षेत्रमा विगत र वर्तनमानमा देखिएका समस्यावारे छलफल गरेका हुन् ।

छलफलको क्रममा अध्यक्ष थापाले सवारी साधनहरूलाई सरकारले गर्दै आएको बर्गिकरणबाट हटाउन आग्रह गरे । अटो लोन–हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने माग अध्यक्ष थापाले गरेका छन् ।

अहिले अटोमोइल स्पेयर पार्टसको चोरी पैठारी निकै बढेको सन्दर्भमा त्यसको रोकथाम गर्न सकिएमा राजश्वमा पनि वृद्धि हुने उनले बताए । मन्त्री महतले आफू धेरै अफ्ठयारो परिस्थितिमा मन्त्री बनेको उल्लेख गर्दे अटोमोवाइल व्यवसायीहरूको समस्याको समाधानका लागि नेपाल राष्ट्र बैङ्कसँग सल्लाह गर्ने बताएका छन् ।

खबरपाटी
खबरपाटी