देउवालाई विपक्षी दलको मान्यता नदिन माग गर्दै परेको रिट खारेज

देउवालाई प्रमुख विपक्षी दलको मान्यता दिन नहुने भनी मागदावी गरिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज

देउवालाई विपक्षी दलको मान्यता नदिन माग गर्दै परेको रिट खारेज

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको मान्यता दिन नहुने भनी मागदावी गरिएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

अधिवक्ता विमल प्रसाद पोखरेलले दायर गरेको रिट निवेदन न्यायधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. मनोजकुमार शर्माको इजलासले खारेज गरेको हो ।

आदेशको संक्षिप्त विवरण समेत सार्वजनिक नभएकाले के आधारमा निवेदन खारेज भयो भन्नेवारे केही उल्लेख छैन ।

प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलको नेता सत्तासिन दल हुने भन्दै अधिवक्ता पोखरेलले त्यो दलका नेताले विपक्षी दलको नेताको मान्यता पाउन नहुने दावी गरेका थिए ।

खबरपाटी
खबरपाटी