सांसद ढाकाकुमार श्रेष्ठले बजाए रविको घन्टी, मन्त्री बन्न दुर्गा प्रसाईसँग दुई करोड माग

उपनिर्वाचनको दिन नजिकिँदै गर्दा नेपालको राजनीतिमा अर्को काण्ड सार्वजनिक

सांसद ढाकाकुमार श्रेष्ठले बजाए रविको घन्टी, मन्त्री बन्न दुर्गा प्रसाईसँग दुई करोड माग

काठमाडौं । उपनिर्वाचनको दिन नजिकिँदै गर्दा नेपालको राजनीतिमा अर्को काण्ड सार्वजनिक भएको छ । आफूलाई भ्रष्टाचार विरोधी पार्टी भनेर जनताको सहानुभूति बटुलेर चर्चामा आएका रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले मन्त्री बन्न दुई करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएको हो ।

सांसद ढाकाकुमार श्रेष्ठले आफ्नो पार्टीको भागमा स्वास्थ्य मन्त्रालय परेको र स्वास्थ्यमन्त्री साढे दुई करोड रुपैयाँ सभापति रवि लामिछानेलाई बुझाउनुपर्ने भन्दै मेडिकल माफिया दुर्गा प्रसाईसँग दुई करोड माग गरेका छन् । अडियोमा उनले भनेका छन्, ‘हाम्रो भागमा स्वास्थ्य मन्त्रालय पर्ने भयो ।

मन्त्रीका लागि रवि सरलाई दुई करोड बुझाउनुपर्ने कुरा आएको छ । मसँग पैसा छैन । अहिले एक करोड जति दिँदा हुन्छ । एक करोडचाहिँ चेक दिँदा पनि हुन्छ । त्यसैले अलिकति सहयोग चाहिएको छ ।’ जवाफमा प्रसाईंले आफूले दुई करोड उपलब्ध गराइदिने ग्यारेन्टी लिएका छन् ।

दुई करोड रकम माग भएको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गर्ने तयारी गरेको छ । त्यसका लागि पार्टीमा छलफलसमेत सुरु भइसकेको बुझिएको छ । श्रेष्ठ यसअघि पनि विवादमा परेका व्यक्ति हुन् । उनले पोखराको एक सहकारीबाट करोडौं अनियमितता गरेको समाचार सार्वजनिक भएको थियो ।

खबरपाटी
खबरपाटी