बच्चाको आमाकै थर र स्थायी ठेगानाबाट जन्मदर्ता

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएका बच्चाको जन्मदिने आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्नेगरी आज नयाँ परिपत्र जारी गरेको छ ।

बच्चाको आमाकै थर र स्थायी ठेगानाबाट जन्मदर्ता

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्म भएका बच्चाको जन्मदिने आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्नेगरी आज नयाँ परिपत्र जारी गरेको छ । यसअघि चैत २२ गते मावलीको थरबाट जन्मदर्ता गर्नेगरी वडा तथा पञ्जिकाधिकारीलाई परिपत्र गरेकामा त्यसको आलोचना भएपछि विभागले लैङ्गिक भूमिकालाई उच्च सम्मान गर्दै नेपालको संविधानको धारा ३९ अनुसार संरक्षण गर्न प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हकका लागि उल्लिखित परिपत्रका सम्बन्धमा थप स्पष्ट गरिएको जनाएको छ । 

विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले यसअघि जारी भएका परिपत्रलाई थप स्पष्ट पार्नुपर्ने भएकाले आज केही बुँदाहरु थप गरेर नयाँ परिपत्र जारी गरेको राससलाई बताउनुभयो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली ९दोस्रो संशोधनसहित०, २०७७ को नियम २८ को देहाय खण्ड ९क० बमोजिम जन्मदर्ता सम्बन्धमा सहजता र एकरुपता कायम गर्ने गरी आज नयाँ परिपत्र जारी गरेको जानकारी दिएको छ । विभागद्वारा आज जारी आठबुँदे परिपत्रमा एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने उल्लेख छ । 

यस्तै, विवाह अघि बच्चाको जन्म भएको एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मँदा कायम भएको आमाको थर राखी हालको स्थायी ठेगानामा जन्मदर्ता गरिदिन र यदि बच्चा मावलीमा बसेको भए सोही ठेगानामा जन्मदर्ता गरिदिन भनेको छ ।

विभागले बच्चाको जन्मदर्ता भइसकेपछि पितृत्व÷बाबुको ठेगान पत्ता लागेको अवस्थामा माथि प्रकरण नम्बर ९१० र ९२० अनुसार भएको जन्म दर्ता नियमानुसार रद्द गरी बाबुको ठेगानाबाट बाबु वा आमा वा दुबैको थर राखी नयाँ जन्मदर्ता गर्न भनेको छ । 

परिपत्रमा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको बच्चाको कुनै पनि परिवार नभएको प्रमाणित भएको बच्चा फेला परेमा हेरचाह गर्ने कानुनबमोजिमको संरक्षकले दिएको ठेगाना, नाम, थर राखी जन्मदर्ता गर्नुपर्ने उल्लेख छ । 

बाबु, आमाको कानुनबमोजिम सम्बन्धविच्छेद भई आमासँग रहने छोराछोरीको जन्मदर्ता गर्दा बाबुको स्थायी ठेगानामा दर्ता नभएको यकिन गरी आमाको हालको स्थायी ठेगानामा जन्मदर्ता गरिदिने तथा कानुनबमोजिम कारागारमा सजाय भोगिरहेका महिलाबाट जन्म भएको बच्चाको जन्मदर्ता गर्दा कारागार कार्यालय प्रमुखबाट सूचना फाराम प्रमाणित भई आएमा सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको वडा कार्यालयमा बच्चाको जन्मदर्ता गरिदिने भनिएको छ ।

मुलुकी देवानी संहिता २०७४ लागू भएको मिति २०७५ साल भदौ १ पछि स्वतः बदर हुने, बदरयोग्य बालविवाह वा बहुविवाहको परिणामबाट जन्म भएको बच्चाको कानुन बमोजिमको प्रक्रिया पु¥याई जन्मदर्ता गरिदिन भनिएको छ ।     माथि उल्लिखितबाहेक अन्य प्रकृतिका जन्मदर्ताको सम्बन्धमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन २०७६, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली (संशोधन संहित) २०७७ र विभागबाट यसअघि जारी भएका परिपत्रानुसार गर्न गराउन अनुरोध गरिएको छ । रासस

खबरपाटी
खबरपाटी