कर्णालीमा एमालेका मन्त्रीद्वारा सरकारबाट राजीनामा

कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी भएका मन्त्रीत्रयले राजीनामा दिनुभएको छ ।

कर्णालीमा एमालेका मन्त्रीद्वारा सरकारबाट राजीनामा

काठमाडौं । कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी भएका मन्त्रीत्रयले राजीनामा दिनुभएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जीतबहादुर मल्ल र सामाजिक विकासमन्त्री टेकराज पछाईले आज सरकारबाट राजीनामा दिनुभएको हो । मन्त्रीत्रयले मुख्यमन्त्री राजकुमार शर्मासमक्ष आज अपरान्ह सामुहिक राजीनामा दिनुभएको थियो ।

मुख्यमन्त्री शर्माले गत माघ ११ गते उहाँहरुलाई मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।  एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले पुनः विश्वासको मत लिनुपर्ने भएको छ । एमाले, राप्रपा र एकीकृत समाजवादीको समर्थनमा पुस २७ गते मुख्यमन्त्री हुनुभएका उहाँले माघ ६ गते विश्वासको मत लिनुभएको थियो ।

खबरपाटी
खबरपाटी