पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने मन्त्रीपरिषद्को निर्णय

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी दिएका छन्

पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने मन्त्रीपरिषद्को निर्णय

काठमाडौं । कोशी नामकरणविरुद्ध आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई सरकारले शहीद घोषणा गरेको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी दिएका छन् ।

कोशी प्रदेशको पुनः नामाङ्कनको माग गर्दै भएको प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट घाइते पदम लिम्बू (लाजेहाङ)को चैत्र ९ गतेराती उपचारको क्रममा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको थियो ।

चैत ५ गते कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशको पुनः नामाङ्कनको माग सहित प्रदर्शनका क्रममा प्रहरीको लाठी प्रहारबाट लिम्बूको टाउकोमा चोट लागेको थियो ।

खबरपाटी
खबरपाटी