शान्तिबाटिकामा आएर वार्ता गर्न गृहमन्त्री श्रेष्ठलाई मिटरव्याज पिडितको आग्रह

आन्दोलनरत मिटरब्याज पीडितहरुले शान्तिबाटिकामा पिडितसंग वार्ता गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरेका छन्

शान्तिबाटिकामा आएर वार्ता गर्न गृहमन्त्री श्रेष्ठलाई मिटरव्याज पिडितको आग्रह

काठमाडौं । आन्दोलनरत मिटरब्याज पीडितहरुले शान्तिबाटिकामा पिडितसंग वार्ता गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आग्रह गरेका छन् ।

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत मिटरब्याज पीडितसँग छलफलका लागि पुगेर समस्या समाधानका लागि मन्त्रालय आउन आग्रह गरेपछि उनीहरुले यस्तो बताएका हुन् ।

मिटरव्याज पीडितले आफूहरूले साहुसँग गरेका सबै तमसुक अवैध घोषणा गर्न माग राखेका छन् ।

खबरपाटी
खबरपाटी