नेपाल वायुसेवा निगम : अपरेशन विभागका निर्देशकलाई स्पष्टीकरण, गल्ति नदोर्‍याउन चेतावनी

नियमित उडान २८ मार्च २०२३ मा नै उडान अनुमति प्राप्त भैसकेकोले साविककै उडान तालिका अनुसार उडान संचालन गरेको छ

नेपाल वायुसेवा निगम : अपरेशन विभागका निर्देशकलाई स्पष्टीकरण, गल्ति नदोर्‍याउन चेतावनी

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौ क्वालालम्पुर काठमाडौको नियमित उडान २८ मार्च २०२३ मा नै उडान अनुमति प्राप्त भैसकेकोले साविककै उडान तालिका अनुसार उडान संचालन गरेको छ । निगमलाई अतिरिक्त खर्चको भार नभएको र नियमित उडानकै समयमा उडान संचालन गरी यात्रुहरुलाई सहजीकरण गरिएको नेपाल वायुसेवा निगमले जनाएको छ । उडानका विषयमा छानविन गर्दा अपरेशन विभाग र मलेसिया स्टेसनको कमी कमजोरी देखिएकोले जिम्मेवार पदाधिकारीहरुलाई कारवाही गरिएको निगमले जानकारी दिएको छ ।

त्यसैगरी दुबई उडानमा पनि ढीला भएको सम्बन्धमा निगमको उडानको अन्तिम समयमा बिरामी भएको जानकारी गराएको र उडान ढीला हुन गएपछि नायब महाप्रबन्धक जनकराज कालाखेतीको संयोजकत्वमा छानविन समिति गठन गरी अपरेशन विभागका निर्देशकलाई स्पष्टीकरण समेत सोध्नुका साथै आगामी दिनमा यस्ता घटनाहरु नदोहोर्याउन सम्बन्धित कर्मचारीलाई चेतावनी दिइएको छ । यस्तै निगमले आगामी दिनमा यस्ता गल्ति दो¥याएको अवस्थामा कर्मचारीलाई कडा कार्बाही गरिने समेत निगमले चेतावनी दिएको छ ।

खबरपाटी
खबरपाटी