आर्सनलको सहज जित

गाब्रीएल जेससले दुई गोल गरेपछि प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले लिड्स युनाइटेडलाई ४(१ ले पराजित गरेको छ ।

आर्सनलको सहज जित

काठमाडौं । गाब्रीएल जेससले दुई गोल गरेपछि प्रिमियर लिगको शीर्ष स्थानमा रहेको आर्सनलले लिड्स युनाइटेडलाई ४(- ले पराजित गरेको छ ।

यस जितपछि लिग लिडर आर्सनलले दोस्रो स्थानको म्यानचेष्टर सिटीमाथि पुनः ८ अंकको अग्रता कायम राखेको छ ।

शनिवार नै अर्को भएको खेलमा सिटीले लिभरपुललाई ४-१ ले नै हराएको थियो ।

घरेलु मैदान एमिरेट्स स्टेडियममा आर्सनललाई सहज जित दिलाउन जेससले ३५ औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गर्दा ५५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे ।

चोटबाट पुनरागमन गरेपछि जेसलले पहिलो पटक लिगमा गोल गरेका हुन् । जेससले अक्टोबरपछि पहिलो गोल गरेका हुन् ।

यस्तै बेन ह्वाइटले ४७औं र ग्राइन्ट जाकाले ८४औं मिनेटमा गोल गरे ।

लिड्सका लागि रासमस क्रिस्टेनसेनले एक गोल फर्काए ।

जितपछि आर्सनलले २९ खेलबाट ७२ अंक जोडेको छ । २८ खेलबाट ६४ अंकसहित सिटी दोस्रो स्थानमा छ ।

खबरपाटी
खबरपाटी