आईपीएलः पञ्जावसँग कोलकता पराजित

१६ औं संस्करणको ईण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले पहिलो जित हात पारेको छ ।

आईपीएलः पञ्जावसँग कोलकता पराजित

काठमाडौं । १६ औं संस्करणको ईण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाव किंग्सले पहिलो जित हात पारेको छ । 

पञ्जावले घरेलु मैदान मोहालीमा कोलकत्ता नाईट राईडर्सलाई डिएल मेथडमा ७ रनले पराजित गरेको हो । १६ ओभर सकिँदा भारी बर्षा भएपछि खेलको निर्णय डीएल मेथडबाट भएको हो । 

पञ्जावले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएउदै ब्याटिङ गरिरहेको कोलकत्ताले १६ ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन बनाउँदा भारी बर्षाका कारण खेल रोकिएको थियो । 

निरन्तर भारी बर्षा भएपछि डीएल मेथडमा पञ्जाव किंग्स ७ रनले विजयी भएको हो ।

कोलकत्ताका लागि आन्द्र रसेलले १९ बलमा सर्वाधिक ३५ रन बनाउँदा इम्प्याक्ट खेलाडीका रुपमा बरुण चक्रवर्तीको स्थानमा ब्याटिङमा आएका वेंकटेस अय्यरले ३४ रन बनाए । 

कप्तान नितिश राणाले २४ तथा रहमनउल्लाह गुर्वाजले २२ रन बनाए ।

पञ्जावका लागि अर्शदिप सिंहले ३ तथा राहुल चहर,नाथन एलिस,सिकन्दर राजा र साम करनले समान १/१ विकेट लिए। 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो ।

पन्जाबका लागि भानुका राजपाक्षेले ३२ बलमा ५ चौका र २ चौकाको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । कप्तान शिखर धवनले २९ बलमा ४० रन बनाउँदा साम करनले १७ बलमा अविजित २६ रन बनाए । 

जितेश शर्माले ११ बलमा २१ रन बनाउँदा सिकन्दर राजाले १३ बलमा १६ रन बनाए । 

खबरपाटी
खबरपाटी