आईपीएल: गुजरात टाईटन्सको सुखद् शुरुवात

१६ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटको उद्घाटन खेलमा साविकको विजेता गुजरात टाईटन्सले जितका साथ सुखद् शुरुवात गरेको छ ।

आईपीएल:  गुजरात टाईटन्सको  सुखद् शुरुवात

काठमाडौं ।  १६ औं संस्करणको ईन्डियन प्रिमियर लिग(आईपीएल) क्रिकेटको उद्घाटन खेलमा साविकको विजेता गुजरात टाईटन्सले जितका साथ सुखद् शुरुवात गरेको छ ।

गुजरातले सुखद् शुरुवात गर्ने क्रममा चेन्नाई सुपर किंग्सबिरुद्धको अपराजित यात्रालाई जारी राखेको हो । आईपीएलको ईतिहासमा यि दुईबीच भएको तीन खेलमा गुजरात अपराजित रहेको छ । 

अहमदाबादमा रहेको विश्वको नै ठूलो क्रिकेट स्टेडियममा भएको खेलमा घरेलु टोलीले पाहुना टोली चेन्नाई सुपर किंग्सलाई ५ विकेटले पराजित गरेको हो । 

चेन्नाईले दिएको १ सय ७८ रनको लक्ष्य गुजरातले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । 

गुजरातका लागि ओपनर शुभमन गिलले ३६ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । 

रिद्धिमान शाहले १६ बलमा २५ तथा विजय शंकरले २१ बलमा २७ रन बनाए । इम्प्याक्ट प्लेयरका रुपमा केन विलियम्सको स्थानमा मौका पाएका साई सुदर्शनले २२ रन बनाए । 

राशिद खानले ३ बलमा अविजित १० तथा राहुल तेवातियाले १४ बलमा अविजित १५ रन बनाए ।  

चेन्नाईका लागि खेलमा आईपीएल डेब्यु गरेका राजवर्धन हांगर्गेकरले ३ तथा तुसारदेश पाण्डे र रविन्द्र जडेजाले समान १र१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रन बनाएको हो ।  

पाहुना टोलीका लागि ओपनर ऋतुराज गायकवाडले ५० बलमा ४ चौका र ९ छक्काको सहयोगमा ९२ रनको अर्धशतकीय ईनिङ खेले । 

मोईन अलिले २३ रन बनाउँदा शिबम दुवेले १८ बलमा १९ रन बनाए । कप्तान महेन्द्रसिंह धोनीले ७ बलमा १४ रन बनाउँदा अम्बादी राईडुले १२ रन बनाए । 

घरेलु टोलीका लागि मोहम्मद सामी,अल्जारी जासेफ र राशिद खानले समान २र२ तथा जोश लिटिलले १ विकेट लिए । 

आयरल्याण्डका बलर लिटिलले आज नै आईपीएलमा डेब्यु गरेका थिए । लिटिल आईपीएल खेल्ने आयरल्याण्डका पहिलो क्रिकेटर समेत हुन् । 

 

खबरपाटी
खबरपाटी