फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं । विराटनगर महानगरपालिकाले क्रिकेट खेलाडी ललितनारायण राजवंशी र दीपेश कँडेललाई बिहीवार नगदसहित सम्मान गरेको छ ।
विराटनगरस्थित शहीद रङ्गशालामा विराट गोल्डकप फुटबल प्रतियोगिताको समापन समारोहमा दुवै जनालाई जनही एक लाख एक हजार तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको हो । कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र महानगरका प्रमुख नागेश कोइरालाले उहाँहरुलाई सम्मान गर्नुभएको हो ।
सो अवसरमा मन्त्री राजभण्डारीले खेलाडी मुलुकको गौरव भएकाले उनीहरुको संरक्षण गर्नु सरकारको दायित्व भएको बताउनुभयो । महानगरपालिका प्रमुख कोइरालाले खेलको माध्यमबाट विश्वमा मुलुकको नाम राख्न सकिन्छ भन्ने कुरा क्रिकेट खेलाडीले देखाएको उल्लेख गर्नुभयो ।