प्रधानमन्त्री थ्री नेसन्स कपः आज फाइनल

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा आयोजक नेपाल र लाओस भिड्नेछन् ।

प्रधानमन्त्री थ्री नेसन्स कपः आज फाइनल

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल खेल शुक्रबार हुँदैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने फाइनलमा आयोजक नेपाल र लाओस भिड्नेछन् । फाइनल खेल साँझ ५ः३० बजे शुरु हुनेछ ।
लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । लाओसले दोस्रो स्थानमा रहदै नेपालसँगको फाइनल पक्का गरेको हो । भुटान भने लिग चरणबाट बाहिरिएको थियो ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २-० ले हराएको थियो । नेपाल त्यहिँ नतिजालाई कायम राख्न चाहन्छ । लाओस भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ ।

 

खबरपाटी
खबरपाटी