आईपीएल आजबाट शुरु

१६ औं संस्करणको ईण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजबाट शुरु हुदैछ ।

आईपीएल आजबाट शुरु

काठमाडौं । १६ औं संस्करणको ईण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजबाट शुरु हुदैछ । 

प्रतियोगिताको उद्घाटन विश्वको नै ठूला क्रिकेट स्टेडियम अहमदाबादमा हुँदैछ । अहमदाबादमा हुने उद्घाटन खेलमा घरेलु तथा डिफेन्डिङ च्याम्पियन टोली गुजरात टाईटन्स र चेन्नाई सुपर किंग्सबीच खेल हुदैछ । खेल नेपाली समयअनुसार साँझ पौने ८ मा शुरु हुनेछ । भारतका विभिन्न शहरमा आयोजना हुने आईपीएल क्रिकेट प्रतियोगितामा १० टोलीहरुको सहभागीता रहेको छ ।

१० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा  मुम्बई इन्डियन्स,कोलकत्ता नाईटराईडर्स,राजस्थान रोयल्स,दिल्ली क्यापिटल्स र लखनाउ सुपर जायन्ट्स रहेका छन् । समूह बी मा चेन्नाई सुपर किंग्स, सनराईजर्स हैदरावाद,गुजरात टाईटन्स,रोयल च्यालेन्जर्स बेंग्लोर र पञ्जाव किंग्स रहेका छन् । आफ्नो समूहमा रहेका सबै टोलीसँग र अर्को समूहमा सोही नम्बरमा रहेका टोलीसँग समान २/२ तथा अर्को समूहका बाँकी टोलीसँग १/१ खेल हुनेछ । 

यसका अनुसार लिग तरणमा हरेक टोलीले १४/१४ खेल खेल्नेछ । ७४ खेल खेलिने आईपीएल आगामी २८ मेसम्म जारी रहने छ । 

खबरपाटी
खबरपाटी