आजको मौसमः कुन प्रदेशमा कस्तो ?

आज दिउँसो  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

आजको मौसमः कुन प्रदेशमा कस्तो ?

काठमाडौं । देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेशसहित बाँकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही अन्य भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो  देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति  देशभर सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा मेघ गर्जन रचट्याङ्ग / हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
 

खबरपाटी
खबरपाटी